काठमाडौं - प्रतिनिधिसभाको बैठक आज पनि विपक्षी दल रास्वपा र राप्रपाको विरोधबीच सुरु भयो ।
गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै छानबिन र राजीनाको माग गर्दै रास्वपा सांसदहरूले वेल घेराउ गरी नाराबाजी गरिरहेका छन्।
सभामुख देवराज घिमिरेले अवरोधका बाबजुद बैठक सञ्चालन गरेपछि सांसदहरू वेल अगाडि आएर नारा लगाइरहेका छन्।
बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी छ। माओवादीले सहमति जनाए पनि रास्वपा र राप्रपा भने असन्तुष्ट छन्।
बैठक सुरु भएपछि सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्ने समय दिएका थिए। लिङ्देनले जबर्जस्ती बैठक नचलाउन आग्रह गर्दै यदि बैठक चलाइए बहिष्कार गर्ने र त्यस दिनको भत्ता नलिने घोषण गरेका छन्।


0 comment