काठमाडौं—राष्ट्रिय मातृभूमि पार्टीको केन्द्रीय समितिको बैठकमा मुलुकमा मौलाउदै गएको भ्रष्ट्रचार र उच्च पदस्तहरु जोडिएका विभिन्न काण्डहरु बाहिरीरहेको अवस्थामा पार्टीले यस्ता बेथितीका विरुद्धमा भण्डाफोर गर्ने निर्णय गरेको छ । सबैभन्दा पनि नेपालवादलाई आत्मसाथ गर्न सकियो भने मात्रै नेपाल आमाको रक्षा गर्न सकिने राष्ट्रवाद भनेको भाषणमा हैन व्यवहारमा देखाउन सकिएको खण्डमा सच्चा देशभक्ती हुने पार्टीमा छलफल भएको थियो । समय र परिवेस अनुसार आफ्ना नीति तथा कार्यक्रमहरुलाई परिस्कृत र परिमार्जन गर्न सकियो भने मात्र मुलुकलाई विकासको गतिमा लैजान सकिने कुरा पार्टीको थियो । आफ्नै उत्पादन आफ्नै शैली आफ्नै मेहनेतको प्रयोग नेपाली माटोमा गर्ने वातावरण पार्टीले निमार्ण गर्ने धारणामा पनि गम्भीर छलफल भएको थियो । वास्तविक अवस्थामा किसानका समस्या केलाउने कृषि आधुनिकीकरण गर्नका लागि त्यसलाई चाहिने आवश्यक तत्वहरुको पहिचान गर्ने कुरा पनि छलफलमा उठेको थियो ।
जनशक्ती, जगंल, जमिन, जलसम्पदा र जडीबुटी यी पाँच वटा ज लाई व्यवस्थापन गर्न सकियो भने मुलुक धनी हुन समय नलाग्ने र यसका लागि राष्ट्रिय मातृभूमि पार्टीले देशव्यापी अभियान गर्ने कुरा पनि पार्टीका नेताहरुले उठान गर्नु भएको थियो । उच्च पदस्तहरुको पूर्व आयुक्तहरुको सम्पत्तीको स्रोत खोजी गर्ने अभियानमा पनि पार्टीको सक्रियता बढाउने निर्णय पार्टीले गरेको पार्टीका अध्यक्ष रामशरण पाण्डेले बताउनु भयो । बैठकमा विभिन्न क्षेत्रका विभागीय प्रमुखहरुले आ आफ्ना धारणा राख्नु भएको थियो भने पार्टीको विभागमा भएका कामहरुको जानकारी दिदै आगामी दिनको योजना पनि प्रस्तुत भएको थियो । पछिल्लो समय राष्ट्रिय मातृभूमि पार्टीले देशमा मौलाउदै गएको विविध क्षेत्रका वेथिती भ्रष्ट्रचार र राज्य दोहन गर्ने राज्यको सम्पत्तीमा पदको दुरुपयोग गरी दोहन गर्नेहरुको भण्डाफोर गर्दै जाने र झाडुकुचो अभियानबाट भष्ट्रहरुलाई पाखा लगाएरै छोडने अभियानमा पार्टी लागेको कुरा पार्टीका महासचिव गोविन्द गिरिले बताउनु भयो । हाम्रा कार्यक्रमहरुलाई जनताका माझ लैजाने र आफ्नै सक्रियतामा जनस्तरका काममा लाग्नसमेत सबैलाई उहाँले आग्रह गर्नुभयो । बैठकमा सबै केन्द्रीय सदस्यहरु पनि आ आफ्ना विचार धारणा रहेका थिए । बैठक पार्टीको केन्द्रीय कार्यालय पूरानो बानेश्वरमा बसेको थियो ।


0 comment