काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ९३ हजार ७०० रुपैयाँ कायम थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ५ रुपैयाँ घटेर २ हजार १४५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको छ ।