काठमाडौं - भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनका लागि उच्चस्तरीय समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरोध जारी राख्ने संसद्‌का प्रतिपक्षी दलको बैठकले निर्णय गरेको छ ।

बानेश्वरस्थित संसद् भवनमै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा शुक्रबार बसेको बैठकले गृहमन्त्रीमाथि छानबिन हुनै पर्ने निष्कर्ष निकालेको हो ।

‘गृहमन्त्रीमाथि छानबिन नभएसम्म संसद् अवरोध कायमै राख्ने निर्णय आजको बैठकले गरेको छ,’ रास्वपाका सांसद  शिशिर खनालले भने, ‘यसबारे कांग्रेसलगायत सबै दलसँग छलफल गर्ने कुरा पनि भएको छ ।’