काठमाडौ : गण्डकी प्रदेश प्रहरी तालिमकेन्द्र वि,स २०७५ सालमा स्थापना भएको नेपालको कान्छो तालीम केन्द्र मानिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले ठेक्का सम्झौता गरि निर्माण कार्य २०७८ सालवाट सुरू भएता पनि ठेकेदारले समयमै काम नगर्दा १ वर्ष भित्र सम्पन्न हुनु पर्ने भौतिक संरचना गत वर्ष सम्म जम्मा ३० प्रतिशत मात्र काम भएको थियोे ।निर्माण कार्यमा भएको ढिलाईलाई तिव्रता दिदै १५ महिनामा ९० प्रतिशत निर्माण कार्य सम्पन्न गराउन गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले अविस्मरणीय र उदहारणीय कार्य गर्न सफल भएका छन।
लिडरसिप भनेको व्यक्ति हैन, कुनै पद पनि हैन, लिडरसिप व्यक्तिका क्रियाकलाप हुन भन्ने आदर्शलाई मान्ने प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी विगत १५ महिना देखि गण्डकी प्रदेश तालिम केन्द्रको प्रमुखको जिम्मेवारीमा कार्यरत छन् । विगत १५ महिना अगाडी फुलवारी रिसोर्टको हेल्थक्लवबाट सञ्चालित थियो गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र जहा कुनै झ्यालहरू थिएनन् । नत कार्यालय, नत व्यारेक तर अहिले आफ्नै सुविधा सम्पन्न कार्यालय भवनबाट सञ्चालन गरिएको छ । कुनै पनि संस्थाको विकास र गुणस्तरीय सेवा प्रवाह गर्ने मुख्य आवश्यकता भनेको भौतिक पुर्वाधारहरु नै हुन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको दिगो विकासका लागि आधारभूत भौतिक पूर्वाधार निर्माणमा ऐतिहासिक कार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले गरेका छन् ।भौतिक पुर्वाधार तर्फ
(१) बिगत पाँच वर्षदेखि बिद्युत आपुर्तीको समस्या थियो तालिम केन्द्रमा, विद्युत आपुर्ती सहज नभएकोले खानेपानी तथा कार्यालय सञ्चालनमा कठिनाई भएपछि तत्कालिन बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङसंग समन्वय गरी २७ लाख बराबरको २०० के,भि टान्सफर्मर तालिम केन्द्रको हाता भित्र राखि, ३२ थान पोल विभिन्न स्थानमा गाडी र तार विस्तारको कार्य सम्पन्न गरी तालिम केन्द्रको सम्पूर्ण एरियारमा थ्री फेज लाई विस्तार भएकोले भविष्यमा समेत समस्या नपर्ने गरी विद्युत आपुर्तीको समस्या समाधान प्रहरी वरिष्ठ उपरीक्षक मरासिनीले गराएका हुन।
(२) गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयसंग समन्वय गरी रु. ९ लाख बराबरको २’ को ८५० मि खानेपानीको पाईप ल्याई आन्तरिक जनशक्ति समेत पिरचालन गरी खानेपानी तालिम केन्द्र परिसरका सबै ठाउमा खानेपानिको विस्तार गराए र नेपाल खानेपानी संस्थानबाट ६० MGI पाईप सहित खानेपानीको मिटर जडान गरी तालिम केन्द्रको कार्यालय भवन, व्यारेक, मेस, क्वाटरगार्ड, प्रशिक्षण कक्ष, निवास लगाएत सम्पूर्ण एरियारका तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरुलाई ६सय ५० जना सम्मलाई भविष्यमा खानेपानीको समस्या नपर्ने गरी पानीको बैकल्पिक व्यवस्था सहित दिर्घकालिन समस्याको समाधान तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मरासिनीले गराएका थिए।
(३) प्रशिक्षार्थीहरु वाटोमा दौड्दा बाटोको खराविको कारण प्रशिक्षार्थीहरु अङ्गभङ्ग हुन थालेसगै पोखरा महानरपालिका कास्कीसंग समन्वय गरी ३८ लाखको लागतमा तालिम केन्द्र आउने ४५० मिटर कच्चि वाटो कालोपत्रे समेतको कार्य प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीको पहलमा काम सम्पन्न गराएका हुन। उक्त बाटो निर्माणवाट स्थानीयवसीहरु प्रत्यक्ष लाभान्वित भएका छन।
(४) प्रशिक्षण भवनमा शौचालय नभएकोले प्रशिक्षार्थीहरु निकै समस्या परेका थिए । प्रत्येक अन्तरक्रियामा महिला प्रहरी कर्मचारीहरुको गुनासो नै शौचालयको समस्या प्रमुख गुनासो हुने गरेकोले र वास्तममै समस्या भएको महसुस गरी पोखरा महानरपालिकाको वडा न १५ संग समन्वय गरी रु. १० लाख निकासा गरी आन्तरिक बजेट रु. ५ लाख गरी नगद १५ लाख र आन्तरीक जनशक्ति समेत परिचालन गरी रु २५ लाख वरावरको प्रशिक्षण कक्ष नजिक सुविधा सम्पन्न महिला र पुरुष शौचालय छुट्टा छुट्टै स्थानमा निर्माण गरिएको थियोे ।
(५) प्रत्येक सुरक्षाका तालिमहरुमा फाईरिङ अभ्यास गराउनु पर्ने । अन्य कार्यालयहरुवाट फाईरिङ अभ्यासका लागि प्रहरी कर्मचारीहरू फाईरिङ रेन्जमा शौचालयको समस्या भएकोले आन्तरिक बजेट र प्रहरीको श्रमदानबाट फायरिङ रेञ्जमा दुई वटा कोठा भएको शौचालय निर्माण गराए ।
(६) तालिम केन्द्रको पश्चिम तर्फको ईलाका अतिनै खतरनाक भिर रहेको र एकजना प्रहरी प्रशिक्षार्थीले उक्त भिरवाट आत्महत्याको प्रयास समेत गरेको । रातको समयमा शौचालय जादा प्रहरी कर्मचारी भिरवाट खस्न सक्ने समेत भएकोले यस समस्याको दिगो समाधानका लागि जलस्रोत तथा सिचाई डिभिजन कार्यालयसंग समन्वय गरी २५ लाख बराबरको रकमबाट भीर ईलाकामा १२०० मिटर तारजालीको व्यवस्था गरी भविष्यमा हुन सक्ने भवितव्य घटनाहरु हुन नदिन प्रहरी वरिष्ठ उपरीक्षक मरासिनीले तारजालीको व्यवस्था मिलाए । हाल उक्त ईलाकमा कुनै खतरा नभएको प्रमुख मरासिनीले दावी गरेका छन ।
(७) पाच सय भन्दा वढि प्रहरी कर्मचारीहरु कार्यरत तालिम केन्द्र मुख्य वजारवाट १० कि. मी. टाढा रहेको र यातायातको सुविधा पनि नभएकोले प्रहरी कर्मचारीहरुलाई सहजता हुने गरी प्र.व.उ. मरासिनीले राष्ट्रिय वाणिज्य बैंक पृथ्वी चोक कास्कीसंग समन्वय गरी तालिम केन्द्रको २ नं. गेटको छेउमा ATM बुथ निर्माण तथा जडान गराए । उक्त एटिएम वुथ बाट सर्वसाधरणले समेत सुविधा लिईरहेका छन् ।
(८) तालिम केन्द्रको प्रमुख आधारभूत आवश्यकता भनेको परेड ग्राउण्ड हो । हाल एक मात्र परेड ग्राउण्डले तालिम गर्ने गराउन समस्या भएको थियो । परिसर भित्रै रहेको खाल्डो जमिनलाई विभिन्न संघ सस्थाहरु संग समन्वय गरी पोखराका विभिन्न स्थानहरुवाट माटो ल्याई आन्तरिक विनियोजित बजेट समेतबाट तालिम केन्द्रका प्रशिक्षार्थीहरुलाई पिटि परेडको लागि खेल मैदानको स्तरोन्नती गरी नयां परेड मैदानको निर्माण प्रहरी वरिष्ठ उपरीक्षक मरासिनीले गराए । जुन भविष्यमा तालिम केन्द्रको मुख्य परेड ग्राउड तथा सेरोमोनिएल ग्राउन्ड हुनेछ।
(९) सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसंग समन्वय गरी करिव रु.४० लाख रकम निकाशा गराई तालिम केन्द्र परिसर भित्र ६७४ मिटर तालिम केन्द्रको कार्यालय भवन देखि समादेशक निवास सम्म कालोपत्रे (पिच) प्रहरी वरिष्ठ उपरीक्षक मरासिनीले गराए ।
सौन्दर्यकरण क्षेत्र तर्फ
(१) यदि मानिसमा ईच्छा शक्ति र दुरदृष्टि भएमा जंगल पनि मंगल हुन्छ भन्ने उदाहरण याहा चरितार्थ भएको छ । आफ्नै कार्यालय हाता भित्रको ढुगां माटो, आफ्नै जनशक्ती, आफ्नै विचारको नक्शा र ईन्जिनियरिङ तथा आन्तरिक बजेटबाट समादेशक निवासलाई कुनै विकसित देशको कार्यालय भन्दा कम राम्रो वनेको छैन याहा । कुनै पनि आगन्तुकले याहा प्रवेश पाएमा एक फोटो नखिचि वस्न सक्दैनन । यदि नेपालका सवै कार्यालय प्रमुखले आफ्नो कार्यालयलाई यसरी नै वनाउने हो भने, राजनैतिक नेतृत्वले यस प्रकारको वातावरण वनाई दिने हो भने नेपाल विकसित र सुन्दर हुन कुनै समय कुर्नु पर्ने थिएन । कसै संग हात फैलाउनु पर्ने थिएन् । यहा नेतृत्व पदको हैन विचारसिल क्रियाकलाप चाहिएको छ । व्यक्ति हैन तेस्ता विचारहरू चाहिएको छ जस्का क्रियालापले जनतालाई ईङगेज गर्ने सकोस । आफनै स्रोतसाधनबाट समादेशक निवासमा Water Fountain को निर्माण, कार्यालय भवन तथा तालिम केन्द्रको हातभित्र विभिन्न स्थानहरुमा फुलका वाग वगैचा वनाई तालिम केन्द्र परिसरलाई नै सौन्दर्यकरण पनि मुकुन्द मरासिनीले गराए ।
(२) खुल्ला धाँसे मैदानमा रहेको समादेशक निवास अहिले तर जालिले कम्पाउण्डिङ गरेर गेट समेत आन्तरिक बजेट, श्रोतसाधनबाट समादेक निवास गेट निर्माण गर्न मुकुन्द मरासिनीले लगाए ।
कार्यालयको व्यवस्थापन व्यवस्थापन तर्फ
(१) भुकम्पमा वितरण गरेको चाईनिज पालमा थियो तालिम केन्द्रको वैठक कक्ष, कैयौ पटक हवा हुरीले बैठक कक्ष भिरमा पुर्याएको थियो । यो विगत पाँच वर्ष देखिको समस्या अहिले आन्तरिक बजेटबाट दैनिक, साप्ताहिक, पाच्छिक, मासिक बैठकहरुको लागि छुट्टै बैठक कक्षको निर्माण गरियो । जहा कार्यालयका बिभिन्न कार्यक्रम समेत संचालन गर्ने सहज भएको र उक्त वैठक कक्ष सुविधा सम्पन्न वनाईएको छ।
(२) पहिला समादेशक कार्य कक्षमा दुइ वटा कुर्सि मात्र थिए, तिन जना वस्नलाई समस्या थियो । हाल नेपाल प्रहरीको लोगो सहितको कार्यालय प्रमुखको कार्य कक्ष निर्माण गराए । काम गर्ने कार्यस्थलको वातावरण राम्रो भएमा मात्र काम पनि राम्रो हुन्छ त्यसैले नव निर्मति कार्यालय भवनमा सबै सिनियर अधिकृत तथा अन्य कर्मचारीहरुलाई काम गर्ने वातावरण राम्रो वनाईएको छ । सायदै कमै तालिम केन्द्रहरुमा यस प्रकारको कार्य कक्ष होलान् जहा धेरै समय सम्म वस्न मन लागोस ।
(३) पोखरा वडा नं १५ संग समन्वय गरी समादेशक निवासमा बैठक कक्षको निर्माण गराएका थिए।
(४) चार पाङ्ग्रे सवारी साधन तथा मोटर साईकल पार्किङको लागि ग्यारेजको निर्माण गर्न लगाए ।
(५) कर्मचारीले काम मनोवल तथा कार्यालयमा काम गर्ने वातावरण भएमा मात्र काम गर्छन् भन्ने वुजेका मरासिनी डि.एस.पि. लगाएत सिनियर प्रहरी अधिकृतहरूले वेन्चमा वसेर खाना खाएको देखे पश्चात तत्कालै जुनियर प्रहरी अधिकृत तथा सिनीयर प्रहरी अधिकृतको लागि डायनिङ हलको व्यवस्था गरे ।
(६) एक पटकमा ४५ के जी चामल पाक्ने सक्ने खाना पकाउनको लागि राईस इस्टिमर संचालन गरेर ठूलो संख्यामा रहेका तालिमरत प्रशिक्षार्थी र प्रहरी कर्मचारीहरुलाई खाना खान सहज भएको पटक पटक पकाउनु पर्ने समस्या समाधान भएको ।
(७) कार्यालय सहयोगीहरुलाई भन्सामा काम गर्दा सहज हुने, खाना पकाउदा सरसफाईका लागि नयाँ कपडाको व्यवस्था गरी काम गराएकोले कार्यालय सहयोगीहरुले काम गर्न सहज भएकोले खुसि व्यक्त गरे ।
(८) सेमुलेशन अभ्यास प्रशिक्षण केन्द्रको महत्वपूण आवश्यकता हो । विगत वर्षदेखि थन्किएको प्रशिक्षण सामाग्री हाल प्रयोगमा ल्याईएको छ, जसको लागि हलको व्यवस्था गराए, तालिमरत प्रशिक्षार्थीहरुले यसको अभ्यास गरी रहेका छन् जसले प्रशिक्षार्थीहरुलाई सिकाईमा निकै राम्रो प्रभाव परेको प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी बताए ।
तालिम केन्द्रको १५ महिनाको अवधिमा एक व्यक्तिको पहल र समन्वयमा कति राम्रा काम गर्ने सकिदो रहेछ भन्ने उदाहरण हो यो । माथी उल्लेख गरिएका काम गर्न उनलाई कसैले भनेको थिएन, भनेको थियो त उनको व्यवसायिक निष्ठाले, विवेकले, क्षमताले त्यसैकारण काम गर्नु पर्छ, काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ सवै तह र तप्काका व्याक्तित्व संग आफैले समन्वय गरे । प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरकारी गैर सरकारी संघ सस्था, प्रहरी श्रमदान, आन्तरिक श्रोत आदिबाट करि १ करोड ६५ लाख बरावरको बिभिन्न निर्माण तथा विकाशका कार्य गरेको जुन तालिम केन्द्रको दिगो विकासका लागि अपरिहार्य हुन ।
तालीम केन्द्रको गेट देखि कमाण्डेन्टको वेड सम्म, जवानको शौचालयदेखि तालिम केन्द्रमा औषधालय सम्म, नव निर्माण तथा विकास भएको छ । तालिम कार्यक्रमलाई गुणस्तरीय वनाउदै सफल पुलिसिङ भन्दा असल पुलिसिङ गर्नु पर्ने भएकोले प्रशिक्षार्थीलाई तेहि अनुसारको प्रशिक्षण व्यावस्थापन गरिएको छ। आजको आवश्यकता संख्यात्मक विकासको भन्दा पनि गुणात्मक विकाशको हो । विकास र परिवर्तन कागजमा हैन् माटोमै लेख्नू पर्छ माटोमै कोर्नु पर्छ भन्ने वुझेका समादेशक मरासिनीले तालिम केन्द्रको माटोमै लेखेर तलिम केन्द्रको मुहार फेरेका हुन् ।


0 comment