काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको छ ।
बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने सुनचाँदी दुवैको मूल्यवृद्धि भएको थियो ।
महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने प्रतितोला दुई हजार ७५ रुपैयाँ नै निर्धारण भएको छ । चाँदीको मूल्य बुधबार पनि यही नै थियो । मंगलबार भने चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भए छ ।


0 comment