काठमाडौं - नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो (मंगलबार) चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।