काठमाडौं - नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला सात सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) पनि सुन प्रतितोला तीन सय रुपैयाँ बढेको छ ।

महासंघका अनुसार सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार भने सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ आइतबार प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य एक हजार नौ सय ८५ रुपैयाँ कायम छ ।