काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । ग्यासको मूल्य भने यथावत् राखेको छ ।
निगमले शनिबार रातिदेखि लागु हुने गरी मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ बढेको छ ।
भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमको भनाइ छ ।


0 comment