काठमाडौं - माओवादी केन्द्रका सांसद सुदन किराँतीले गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद्लाई लडाइँको मैदान बनाउने चेतावनी दिएका छन्।
शनिबार माओवादी केन्द्र छथर गाउँपालिकाको अधिवेशनमा बोल्दै उनले सरकारले ‘भिजिट भिसाको नाममा मानव तस्करी गरेको’ आरोप लगाए।
किरातीले भने, ‘गृहमन्त्रीले राजीनामा दिनुहोस्, प्रधानमन्त्री संसद्मा जवाफ दिनुहोस्, नभए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिन्छौँ।’
उनले माओवादीले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा नैतिक संकट भोग्नुपरेको उल्लेख गर्दै भने, ‘भ्रष्टाचारको विरोध गर्दा राजावादीसँग उभिनुपर्दा पीडा हुन्छ, राजावादीको विरोध गर्दा भ्रष्टाचारीसँग उभिनुपर्दा झन् पीडा हुन्छ।’
सांसद किरातीले अब माओवादी केन्द्रले आफ्नै खुट्टामा उभिनुपर्ने बेला आएको बताए।


0 comment