काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको बहस चर्किँदा सबैभन्दा बढी पीर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्ने बताएका छन्।
शनिबार राजधानीमा राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित आन्दोलनका क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै लिङ्देनले प्रचण्डले जनप्रदर्शनमा पैसा बाँडेको आफ्नै अनुभवबाट टिप्पणी गरेको दाबी गरे।
‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठुलो पीर उहाँलाई पर्नु स्वाभाविक हो,’ लिङ्देनले भने, ‘पीर परेको बेलामा के के भन्नुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ।’
प्रचण्डले राजावादीहरूले पैसा बाँडेर मानिस काठमाडौं ल्याएको आरोप लगाएका थिए। त्यसको जवाफ दिँदै लिङ्देनले भने, ‘उहाँले विगतमा आफैंले मान्छे ल्याउँदा भोज खुवाएको अनुभवबाट कुरा गर्नु भएको हो।’
लिङ्देनले आन्दोलनमा जनसमर्थन बढ्दै गएकाले सरकारलाई झुक्न बाध्य बनाउने चेतावनी पनि दिए।उनले भने, ‘जनताको साथ यस्तै रह्यो भने सरकार चाँडै झुक्न बाध्य हुन्छ।’


0 comment