काठमाडौं - प्रतिनिधिसभामा विपक्षी दलहरूले बजेटसँग सम्बन्धित बाहेक अन्य सबै प्रक्रिया अघि नबढ्ने अडान लिएका छन्। गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै मंगलबारदेखि सदन अवरुद्ध गर्दै आएका विपक्षीहरूले उनको राजीनामा माग गरेका छन्।
तर संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था रहेकाले उक्त प्रक्रिया अघि बढ्न दिएका छन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको धारा १३ का उपधारा अनुसार बजेट प्रस्तुत गर्न दिइएको बताए। पाण्डेले विनियोजन विधेयकबाहेक अन्य सबै काममा अवरोध जारी रहने स्पष्ट पारे।
प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गरिसकेका छन्। यसअघि विपक्षीको अवरोधका कारण सर्वेक्षण प्रस्तुत गर्न सकेका थिएनन्। विपक्षी दलहरूले आफूहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार रहेको हुँदा बजेट प्रस्तुतिका लागि सदन चल्न दिएको बताएका छन् ।


0 comment