काठमाडौं - सडकमा भ्वाङ परेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग गएराती करीब १२ बजेबाट  पुनः संञ्चालनमा आएको छ ।

धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन दुईतर्फी नै बन्द भएको थियो । नयाँ पुलको निर्माण  पुरानो पुलको छेउमा भईरहेकोले भाइब्रेसनले गर्दा पुरानो पुलमा क्षति पुगेको थियो ।

अहिले राजमार्गको मुख्य भासिएको स्थानबाट सवारी साधनलाई एकातर्फ सञ्चालन गराइएको छ भने डाभर्सन समेत खोलेर अर्कोतर्फबाट सवारी आवागमनलाई सुचारु गरिएको छ ।