काठमाडौ:प्रहरी वृत्त बलाजुको टोलिले कर्तब्य ज्यान अभियोगमा एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला काठमाडौं, टोखा नगरपालिका वडा नं. २ बस्ने वर्ष ३५ को अनिल डंगोल रहेका छन।
जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका ३ तिनपिप्ले जितपूरफेदी बस्ने वर्ष ४५ कि सरिता तिवारी हराएको भन्ने जानकारी प्राप्त भइ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा डङ्गोललाइ पक्राउ गरेको हो।
हराएकी सरिता तिवारीलाई खोज्ने क्रममा प्रहरीले जिल्ला काठमाडौं, टोखा नगरपालिका १ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज फेदीमा निजको शव जमिनमुनि गाडिएको अवस्थामा फेला पारेको हो।
अपराधमा संलग्न डङ्गोलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा दिन ७ (सात) को म्याद थप अनुमति लिइ प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो।


0 comment