काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपा: राष्ट्रिय पार्टीबीच पार्टी एकता भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपा: राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैँजूबीच आज सहमतिपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा पार्टी एकता गरिएको छ।

दुवै नेताले संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरेका छन्। यसअघि आजै गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि माओवादी केन्द्रमा विलय भएको थियो। उक्त पार्टी एकता कार्यक्रम ललितपुरमा सम्पन्न भएको थियो।

पार्टी एकतापछि माओवादी केन्द्र अब थप बलियो बन्दै गएको अध्यक्ष प्रचण्डको दाबी छ। उनले आगामी निर्वाचनमा माओवादी केन्द्र ठूलो पार्टीका रूपमा उभिने विश्वास व्यक्त गरेका छन्।