काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । 

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको सहभागिता रहनेछ।