काठमाडौं - संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आन्दोलनमा सहकार्यको प्रस्ताव गरेको छ।
समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै हालको चरम दलीयकरण र संवैधानिक अङ्गमा भइरहेको हस्तक्षेपविरुद्ध सँगै उभिन आग्रह गरेका हुन्।
पत्रमा रास्वपाका सभापति रवि लामिछानेसमेत न्यायिक प्रणालीबाट निष्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरिएको छ। साथै, वर्तमान व्यवस्थाबाट रास्वपा पनि असन्तुष्ट रहेको समितिको बुझाइ उल्लेख छ।
सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गर्दै रास्वपालाई राजसंस्थाको पक्षमा सहकार्य गर्न आह्वान गरेको छ।


0 comment