काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकअघि अपराह्न ४ बजे नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बस्नेछ।
बैठकअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो।
बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको निर्णय हुने सम्भावना छ। देउवाको प्रस्तावमा प्रधानमन्त्री ओली सहमत भएका छन्।
कांग्रेसले विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्न प्रस्ताव गरेको छ। पौडेलले गभर्नर बन्ने तयारीस्वरूप सिफारिस समितिबाट राजीनामा समेत गरिसकेका छन्।


0 comment