काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गणतन्त्र दिवस मूल समारोह समितिमा नरहने जनाउ दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार बसेको बैठकमा मेयर शाह अनुपस्थित भएपछि प्रधानमन्त्री केपी ओलीले उनको नाम समितिबाटै हटाउन निर्देशन दिएका थिए ।
सोमबार राति ८ बजे सामाजिक सञ्जालमा उनले त्यसैको प्रतिक्रियास्वरुप भ्रष्टाचारी जोगाउँछु भन्ने नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ? भन्दै पोस्ट गरेका छन् । उनले लेखेका छन् ।
‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा,
देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ?
त्यस्को नाइकेको कार्यक्रममा म गैदिनुपर्ने ?
सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम’


0 comment