काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष नेतृत्वको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुदूरपश्चिम सकिएसँगै आइतबारबाट कर्णाली प्रदेशमा प्रवेश गरेको छ ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डा फहराइएको थियो । उक्त झन्डा सुदूरपश्चिमका इन्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णालीका इन्चार्ज कालीबहादुर खामको नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष दाहालसहितको टोलीलाई स्वागत गरेको छ । माओवादी टोली सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद दिँदै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।


0 comment