काठमाडौं - नेकपा माओवादी केन्द्रले भोलि (जेठ २ गते) देखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ ।
अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको चुरे गाउँपालिका सहजपुरमा स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै ज्ञापनपत्रसमेत बुझेका छन् ।
भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको भएको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता जनाए ।
उनले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण उल्लेखनीय रहेको बताए । उनले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ ।’


0 comment