काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि हालतमा दलीय स्वार्थका लागि प्रयोग नगरिने स्पष्ट पारेका छन्।
काठमाडौंमा बुधबार आयोजित एनआरएनएको विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएलाई नेपाली डायस्पोरा र मुलुकको हितमा मात्र प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरे। उनले संस्था राजनीतिक दलहरूको जनवर्गीय संगठन बन्न नहुने धारणा राख्दै विधिसम्मत ढंगले सञ्चालन गर्न आग्रह गरे।
‘विधिसम्मत क्रियाकलापमा सरकारको सधैं साथ रहन्छ, मेरो पनि साथ रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो विधिको युग हो, विधि तोडेर अघि बढ्न खोज्नु स्वेच्छाचारिता हुन्छ। त्यस्तो गर्नु हुँदैन।’
प्रधानमन्त्री ओलीले एनआरएनएलाई कसैको व्यक्तिगत वा राजनीतिक लाभका लागि प्रयोग हुन नदिई समग्र नेपाली डायस्पोरा र मातृभूमिको हितमा समर्पित संस्थाका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।


0 comment