काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले राष्ट्र बैंकको गभर्नर पद लिलामीमा जस्तो देखिएको भन्दै आपत्ति जनाएकी छिन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले गभर्नर नियुक्तिमा करोडौं रुपैयाँको चलखेल भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराइन्।

सांसद कार्कीले विगतमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश सफलतापूर्वक निर्वाह भएको उदाहरण दिँदै कार्यबाहक गभर्नर निलम ढुंगानालाई स्थायी गभर्नर बनाउन आग्रह गरिन्। उनले ५२ प्रतिशत महिला जनसंख्यालाई न्याय गर्न गभर्नर पद महिलालाई दिनुपर्नेमा जोड दिइन्।

‘योग्य र अयोग्यको नाममा यताउति खोजी नगरी महिलालाई यो जिम्मेवारी सुम्पनुपर्छ,’सांसद कार्कीको भनाइ थियो।