काठमाडौं - आगामी जेठ ६ गते संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेका त्यस बारेमा जानकारी दिएका हुन् । सभामुख घिमिरेका अनुसार त्यस दिन सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्नेछन्।
सभामुख घिमिरेले यसअघि नै समूह विभाजन भइसकेको समूह १० का सांसदहरूलाई नियमावलीको नियम ५८ अनुसार जेठ २ गतेसम्म लिखित प्रश्न पेस गर्न पनि आग्रह गरेका छन्।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम ९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ।


0 comment