काठमाडौं - सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।  विपक्षीहरूले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरे ।

सांसदहरूले राखेका संशोधन प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि  लगातार छलफल हुँदै आएको थियो ।

छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम पेस गरेका थिए ।