काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व. नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

पूर्वमन्त्री नेपालको ७१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो ।