काठमाडौं - प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे ।

बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।