काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । उहाहरुबीको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


0 comment