काठमाडौं - नेकपा माओवादी केन्द्र बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले कञ्चनपुरको पुनर्बास नगरपालिका ५ स्थित शोभा ताल प्रांगणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरेका छन् ।
दाहालले जनयुद्धका क्रममा बलिदान दिने ३८ सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवारप्रति सम्मान जनाए ।
भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग संवाद गर्दै दाहालले जनयुद्धको योगदान र सहिदको बलिदान संस्थागत रूपमा स्मरण गर्दै न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।


0 comment