काठमाडौं - आन्दोलनरत शिक्षकहरूको माग भोलि र पर्सि सम्ममा सम्बोधन हुने गरी वातावरण निर्माणको काम भईरहेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको पनि प्रवक्ता गुरुङले बताए ।
आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराउनुभएको थियो ।


0 comment