काठमाडौं - स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा रिहा भएका राप्रपाका महामन्त्री धवल शम्शेर राणा फेरि राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सक्रिय भएका छन्।
राणा राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन्।
यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको आन्दोलनमा सहभागी भएका राणा त्यही दिन प्रहरीले पक्राउ गरेका थिए। उनी वैशाख ७ गते स्वास्थ्य उपचारका लागि हाजिरी जमानीमा छुटेका थिए।
उनीसँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै थुनामै रहेका छन्। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आएको छ ।


0 comment