काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसमक्ष माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन् ।

शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित रहेको भन्दै उनले चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

साथै उनले शिक्षक आन्दोलनमा भएको दमन र पत्रकारमाथि भएको आक्रमणको निन्दा गरिन् ।