काठमाडौं - नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

प्रधानमन्त्री केपी ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/८० र ०८०/८१ पेस गरेका हुन् ।

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था छ ।

राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्‌समक्ष पेस गर्ने व्यवस्था छ ।