काठमाडौं - सरकारले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए ।
‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौँ,’ उनले भने,‘२० गते हामी संसदीय दलको बैठक बस्छौँ । त्यसदिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरुसमेतबाट पनि फिडब्याक लिन्छौँ ।’
नीति तथा कार्यक्रमअनुसारै सरकारले बजेट बनाउने गर्छ । प्रत्येक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ ।


0 comment