काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विश्वमा शान्तिका लागि गौतम बुद्धका शिक्षाहरूको आवश्यकता झनै बढेको बताएका छन्।
लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युद्ध र अशान्तिका बीचमा शान्ति र करुणाका विचारहरू संसारभर फैलाउनुपर्ने बेला आएको बताए।
‘आज संसारमा खतरनाक किसिमका हतियारहरू निर्माण भइरहेका छन्। युद्धबाट शान्ति सम्भव छैन, ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले शान्तिका लागि बुद्धका शिक्षाहरूको महत्त्व अझ बढेको छ।’
उनले एकातर्फ विश्वमा अशान्ति मच्चिएको बेला अर्कातर्फ नेपालको अगुवाइमा बुद्धका विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको उल्लेख गरे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य,कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। महोत्सवमा करिब ४० देशका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

.jpg)
0 comment