काठमाडौं - नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास सफल नहुने बताए।
कांग्रेस मुलुकको स्थिरताको पक्षमा दृढतापूर्वक उभिने र दुईदलबीच भएको सहमतिलाई अक्षरश पालना गर्ने उनले बताए । घिमिरेले नेपाली समाजले समेत नपत्याएको एउटा झुण्डले बलिदानीपूर्वक ल्याएको लोकतन्त्रलाई सिध्याउँछु भन्ने दुष्साहस नगर्न चेतावनी दिए।
उनले कसैले आन्दोलन गरेर नारायणहिटीमा पूर्वराजालाई पुराएर देशको कल्याण हुन्छ भन्ने सपना नदेख्न समेत सुझाव दिए । अराजनीतिक मान्छेहरूबाट अहिलेको व्यवस्थालाई कुनै चुनौति हुन नसक्ने उनले बताए।
घिमिरेले वर्तमान सरकार आक्रमण ढंगले अघि बढ्नुपर्ने र विकासका साथै सुशासनमा केनद्रीत हुनुपर्नेमा जोड दिए।
0 comment