काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।  पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

यसअघि शिक्षामन्त्रीमा नियुक्त विद्या भट्टराईले वैशाख ८ गते प्रधानमन्त्री समक्ष राजीनामा दिएकी थिइन्।

उनले प्रधानमन्त्रीबाट असहयोग भएकोलगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी छन् ।