काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका कतिपय नेताहरू नै मधेसको मुक्तिको बाधक रहेको बताएका छन् ।
सिराहाको गोलबजारमा सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसलाई नश्लिय राज्यसत्ताले सधैंभरि आन्तरिक उपनिवेशमा राखेको भए पनि मधेसकै नेताहरूका कारण यसबाट मुक्ति मिल्न नसकेको बताए ।
सरकारले मधेस र मधेसीको अस्तित्व समाप्त पार्ने षड्यन्त्रत नै भूमि अध्यादेश ल्याएको तर यसमा एमाले कांग्रेसमा भएका मधेसी नेताहरूले दास बनेर टुलुटुलु हेर्ने काम गरेको उनले आरोप लगाए ।
नेताहरू मिलेर त्यसविरुद्ध लड्नुपर्ने भएपनि ती नेताहरू आफ्नो व्यक्तिगत लाभ र स्वार्थका निम्ति एमाले कांग्रेसमा गुलामी गर्दै बसेको उनको भनाइ छ ।


0 comment