काठमाडौं - प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निवृत्त कर्मचारी भ्रष्टाचारको मुद्दामा दोषी ठहरिए त्यस्तालाई पेन्सन दिन नहुने पक्षमा समिति रहेको बताएका छन् ।
निजामती विधेयक सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि सोमबार छलफलका क्रममा उनले सेवाबाट अवकाश भई पेन्सन पाइरहेको व्यक्ति भ्रष्टाचारलगायतका नैतिक पतन देखिने गम्भीर प्रकृतिको मुद्दामा दोषी देखिए पेन्सन दिनुहुन्न भन्ने पक्षमा समिति रहेको बताए। उनले राज्य कोषबाट दोहोरो सुविधा लिनुहुन्न भन्नेमा समितिका सदस्यहरू एकमत रहेको समेत बताए।


0 comment