काठमाडौं - राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ सालको जेठ १५ गते गणतन्त्रको अन्त्य भई राजतन्त्र पुनःस्थापना हुने दाबी गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित ‘पृथ्वीपथको आवश्यकता र प्रबुद्ध वर्गको सोच’ विषयक कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन्।

गुरुङले गणतन्त्रको अन्त्य हुने ठ्याक्कै मिति जेठ १५ गते हुने उल्लेख गर्दै भने, ‘गणतन्त्र घोषणा भएको दिन जेठ १५ हो, त्यसैले यसको अन्त्य पनि त्यही मितिमा हुनेछ।’ उनले यो मिति संयोग मात्र नभई राजनीतिक परिवर्तनको संकेतको रूपमा लिएका छन्।

उनले प्रजातन्त्रको नाममा आएको वर्तमान शासन प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै राजसंस्थाले नै स्थायित्व र जिम्मेवारीसहितको शासन दिन सक्ने जिकिर गरे।