काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेट रंगशालामा निर्माणाधीन प्यारापिट र फ्लड लाइट जडान कार्यको अनुगमन गरेका छन् ।
क्रिकेट मैदानको बिहीबार स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण हुने विश्वास व्यक्त गरे ।
निरीक्षणका क्रममा ठेकेदारकम्पनीका प्रतिनिधिले प्यारापिट निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए । सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढिरहेको बताए ।
ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भए पनि तोकिएको समयमै काम सक्न निर्देशन दिए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो ।


0 comment