काठमाडौं - काठमाडौं उपत्यकामा अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप तीन जनामा हैजा पुष्टि भएको हो। योसँगै उपत्यकामा अहिलेसम्म हैजा संक्रमितको संख्या १७ जना पुगेको छ ।

संक्रमितमध्ये १२ पुरुष र ५ महिला छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ५ जनाको उपचार भइरहेको बताएका छन् ।