काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका छन् ।
नेपाल-भारत मैत्री संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाल-भारत सम्बन्ध जनस्तरमै रहेको बताए । मैत्री संघले दुई देशबीच जनस्तरमा सम्बन्ध बनाउन र नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन भूमिका खेलेको भन्दै सिंहले प्रशंसा पनि गरे ।
‘धार्मिक, सांस्कृतिक पक्षबाट मात्र नभईकन राजनीतिक रुपमा राजनीतिक क्षेत्रबाट पनि सम्बन्ध रहेको सबैले बुझेकै कुरा हो । नेपाल र भारतमा बहुसंख्यक जनता हिन्दु छन् । गौतम बुद्ध लुम्बिनीमा जन्मनुभयो । पछि ज्ञान प्राप्त भएपछि गयादेखि सारनाथसम्म गएर प्रवचन दिनुभयो । धर्मका आधारमा पनि नेपाल र भारतमा हिन्दु र बौद्धको उत्तिकै महत्त्व छ,’ सिंहले भने । धेरै अगाडिदेखि नै नेपाल-भारतबीच बिहेवारी चल्ने गरेको पनि उनले बताए ।
२०११ सालमा नेपालमा स्थापना भएको नेपाल-भारत सम्बन्ध जनस्तरमा सुमधुर बनाउन मैत्री संघले लामो समयदेखि भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री सिंहले प्रशंसा पनि गरे ।


0 comment