काठमाडौं - रेलको कुरा गर्दा आफूलाई मजाक उडाएकामा प्रधानमन्त्री केपी ओलीले गुनासो गरेका छन् ।

मधेस प्रदेश सभामा मंगलबार उनले आफूले बाचा गरेअनुसार जनकपुरमा रेल सञ्चालनमा ल्याएको दाबी पनि गरे । उनले रेलको कुरा गर्दा मजाक उडाए पनि आफैंले टिकट काटेर जनकपुरमा रेल चढेको र विरोधीलाई फ्रीमा चढाउने बताए ।

‘मैले रेलको कुरा गर्दा मजाक उडाए, म आफू टिकट काटेर, विरोध गर्नेलाई पैसा तिरेर भए पनि कुदाइदिन्छु भनेको कोही आएन,’ प्रधानमन्त्री ओलीले भने, ‘आत्मविश्वास छैन भने कही गर्न सकिँदैन, गर्न खोजे सकिन्छ ।’