काठमाडौं - नेकपा माओवादी केन्द्रले शिक्षकहरुको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।
सरकार गठनको १० महिनासम्म आन्दोलनरत शिक्षकका जायज माग बेवास्ता गरिनु, तर यही बीचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले शिक्षकहरूको मागप्रति सरकार उदासीन रहेको आरोप लगाएको छ ।
‘अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद छ । यसबाट सरकार शिक्षकहरूको मागका बारेमा उदासीन र गैरजिम्मेवार भएको पुष्टि हुन्छ । यसबाट सरकार शिक्षकहरूको मागका बारेमा उदासीन र गैरजिम्मेवार भएको पुष्टि हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै माओवादीले शिक्षकहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका पक्षमा उभिन आह्वानसमेत गरेको छ ।


0 comment