काठमाडौं - राप्रपाले भोलि (मंगलबार) गर्ने भनिएको सभा बल्खुमा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई अनुमति दिएको थियो । त्यसअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जनाए ।
उसो त राप्रपाले भृकुटीमण्डपमा सभा गर्ने भन्दै चैत २२ गते जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको थियो । सुरक्षा समितिको निर्णय भन्दै प्रशासनले सिफल चौर वा बल्खुमा सभा गर्न भनेपछि राप्रपाले बल्खु रोजेको हो ।
राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको जिल्ला सुरक्षा समितिको बैठकले निष्कर्ष निकालेको प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले राप्रपालाई दिएको पत्रमा छ ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । सभा सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिनेछ । ती जुलुस बल्खुमा पुगेर सभामा परिणत हुने राप्रपाले जनाएको छ ।


0 comment