काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज शनिबार भैरहवा लगिने भएको छ ।

शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजाने तयारी गरेको हो । 

उनलाई हिजो जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो ।

सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिए लगत्तै प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाडेको थियो ।