काठमाडौं - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसहितको टोलीसँग छलफल गर्ने भएको छ ।

शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको महासंघले जनाएको छ ।

हिजो पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । आज हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने जनाइएको छ ।