काठमाडौं - प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।

संसद् भवन नयाँबानेश्वरमा जारी बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेकाबेला राप्रपाका सांसदहरुले नियमापत्ति भन्दै हो हल्ला गरिरहेका छन् ।

आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक-  २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि छ ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद् बैठक अवरुद्ध हुँदै आएको थियो ।