काठमाडौं - काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादीको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन  निर्देशन दिएको हो ।